काठमाडौंमा एकै दिन ६३७ जना संक्रमित थपिए !

काठमाडौँ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६३७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ४९२ जना रहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, भक्तपुरमा ४७ महिला र ४८ पुरुष तथा ललितपुरमा २६ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टायता देशभर भने ११७२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले जनाएको छ। 

हाल सक्रिय संक्रमितको संख्या १७४१४ छ। जसमध्ये ८२२८ संस्थागत आइसोलेसनमा र ९१८६ जना होम आइसोलेसनमा रहेका छन्। पछिल्लो २४ घण्टायता ९४४९ जनाको पीसीआर परीक्षण भएको छ।

हाल आईसीयूमा २२० जना भेन्टिलेटरमा ४३ जनाको उपचार भइरहेको छ। पछिल्लो २४ घण्टायता ७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार