बेलायतका नेपालीहरुले यसरी मनाए संबिधान दिवश !

लण्डन |

नेपालको राष्ट्रिय दिवस एवं पाँचौं संविधान दिवसको शुभ उपलक्ष्यमा यस राजदूतावासले मिति २०७७ असोज २ , ३ र ४ गते त्रिदिवसीय कार्यक्रमहरुको आयोजना गरेको छ ।

राष्ट्रिय दिवसको अवसरमा २ गते नेपाली राजदूतावास र यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सफलतापूर्वक सम्पन्न भयो । उक्त सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, अल पार्टी पार्लियामेन्ट्ररी ग्रुप फर नेपालका उपाध्यक्ष तथा फोरमका अध्यक्ष लर्ड शेख, फोरमका उपाध्यक्ष तथा कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्री (सिबीआइ) का अध्यक्ष लर्ड बिलिमोरिया सिबीइ डिएल, नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिट, नेपाल च्याम्बर अफ कमर्शका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।

राजदूत डा. सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन यूके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमका महासचिव तथा DMA का प्रबन्ध निर्देशक अटम संडुले गरेका थिए । कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुको बारेमा जानकारी दिंदै व्यापार तथा लगानी प्रवर्द्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेको कुरा दुतावासले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

सोही दिन बेलायतमा रहनुभएका वरिष्ठ कलाकार श्री पिंकी सिंहका नेपालका आकर्षक पर्यटकीय स्थलहरु एवं नेपालको मौलिक कला संस्कृति झल्काउने ३० वटा उत्कृष्ट कलाकृत्तिहरु समाविष्ट ‘नेपाल यात्रा २०२०’ विषयक नेपाली कला प्रदर्शनीको महामहिम राजदूतज्यूबाट उद्घाटन भयो । उक्त सप्ताहव्यापी नेपाली कला प्रदर्शनी आश्विन ८ गतेसम्म जारी रहेको छ ।

राष्ट्रिय दिवसको सुखद अवसरमा मिति २०७७ आश्विन ३ गते यस राजदूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली संगीत महोत्सवको आयोजना गरियो । महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीद्वारा राष्ट्रिय झण्डाको झण्डोत्तलन पश्चात् अतिथिहरुलाई स्वागत गर्दै संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टाबासी समस्त नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको सुख, सुस्वास्थ्य र समृद्दिको कामना गरे । उक्त अवसरमा राष्ट्रपति एवं प्रधानमन्त्रीका शुभकामना सन्देशहरु प्रस्तुत गरिएको थियो । राष्ट्रिय दिवसको पावन अवसरमा आयोजित नेपाली संगीत महोत्सवमा बेलायतमा रहेर नेपाली गीत र संगीतको संरक्षण र संवर्द्धनमा समर्पित विशिष्ट नेपाली गायक गायिकाहरुको सांगितिक प्रस्तुति रहेको थियो। समारोहमा राजदूत डा. सुवेदीको कृति बेलायतका नौ जना लोकप्रिय गायक गायिकाहरुको स्वर रहेको चार वटा गिती एल्बमहरु(सम्झनाको सिमसिमे झरी, मायावी परेलीहरु, तिम्रो तस्वीर आँखाभरि , दुबोसरी रहरहरु) को लोकार्पण पनि गरिएको थियो । सोही समारोहमा राजदूत डा. सुवेदीले नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारहरुका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्ततिनिधि कथा संग्रहको लोकार्पण गरिएको थियो ।

त्यसैगरी तेश्रो दिन यस राजदूतावासले नेपाल आयरल्याण्ड सोसाइटी एवं आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्स सँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन , व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीहरुबारे वृहत् अन्तरक्रिया सम्पन्न भएको थियो । आयरल्याण्डका लागि नेपाली राजदूत डा. सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनमा नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष श्री दीपेशमान शाक्य,आयरल्याण्ड नेपाल च्याम्बर अफ कमर्सका का अध्यक्ष श्री भिन्सेन्ट ब्यारी रअध्यक्ष भिन्सेन्ट ब्यारी र राष्ट्रिय विमा संस्थानका अध्यक्ष गंगाराम कंडेलसहित डा. जेन फेनलोन, अलान मर्सेल सान्का, निल काभानग, सारा वेष्ट, क्लान ओब्रोचेन, एलिसन इरवीन, इयान टेलरहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन नेपाली राजदूतावासका उपनियोग प्रमुख तथा काउन्सेलर श्री रोशन खनालले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार