भनिदेउ किन मुखभरी जवाफ हुन्छ ?

ललित जोशी /लेकुडा , डडेल्धुरा

एक नै नभए,  खोइ कसरी लाख हुन्छ?
जिन्दगीमा न तारिफ, न मजाक हुन्छ 
लुके जस्तो गर्दा , कसैले नदेखे झैँ गर्यो
ऊ फुर्तीले भन्छ, यस्तो पो चलाख हुन्छ !!

घाँटी सम्मै, भन्ने कुरा, भरिएको थियो
बोल्ने पालो आउँछ,  फेरि अवाक हुन्छ
भाग्यमा भए, म मेरो,भाग्य बदल्नेछु
सबैभन्दा ठूलो,आमाको काख हुन्छ !!

दिनभरी मनमा सपना र आशा थियो
सांझ परेपछि  , खोइ कसरी राख हुन्छ ?
बोल्नै हुन्न हिजोआज,  मन बदलेउ कि ?
भनिदेउ किन मुखभरी जवाफ हुन्छ ?

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार