मेसीले जिते मासीसँगको ९ वर्षको लडाइँ

काठमाडौँ।

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका छन् ।

युरोपियन कोर्ट अफ जस्टिसले बिहीबार मेसीको पक्षमा फैसला गरेपछि उनले आफ्नो नाम ट्रेडमार्कका रूपमा प्रयोग गर्न पाउने भएका हुन् ।

मेसीले सन् २०११ म स्पोर्टवेयर ब्रान्डका लागि आफ्नो थर ट्रेडमार्कका रूपमा प्रयोग गर्न निवेदन दिएका थिए तर साइकलका लागि आवश्यक पर्ने उपकरण तथा पोसाक उत्पादन गर्ने स्पेनिस कम्पनी मासीले नाम र लोगो उस्तै भएकाले मानिसमा द्विविधा ल्याउने भन्दै मुद्दा दर्ता गरेको थियो ।

स्थानीय अदालतबाट सुरु भएको मासी र मेसीबीचको लडाइ युरोपियन कोर्ट अफ कोर्ट जस्टिस र इयुको बैद्धिक सम्पत्ति कार्यालयसम्म पुगेको थियो ।

स्थानीय अदालतले सुरुमा मासीको पक्षमा फैसला सुनाएको थियो तर मेसीले उक्त फैसलाविरुद्ध साधारण अदालतमा मुद्दा हालेका थिए ।

युरोपियन न्याय अदालतले मेसीको लोकप्रियता धेरै भएकाले यी दुई ब्रान्डबीचको भिन्नता छुट्याउन मानिसहरू सक्षम रहेको बताउँदै मेसीको पक्षमा फैसला गरेको थियो ।

६ पटकका बालोन डी अर विजेता ३३ वर्षीय मेसी यो वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर हुन् । फोर्ब्सका अनुसार उनले यो वर्ष १ सय २६ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार