साईप्रसमा एक नेपाली महिलाद्धारा आत्महत्या

दिनेश गौतम, साईप्रस ।

साईप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन् ।

नेपाल काभ्रे घर भई १४ महिना अगाडी साईप्रसमा घरेलु कामदारमा आएकी मनिता तामाङले आत्महत्या गरेको स्थानिय लार्नाका जिल्ला प्रहरी कार्यलयको पुलिसले जनाएको छ ।

हिजो आइतबार लार्नाका जिल्ला अन्तर्गत पर्ने पेरबोलियामा उनको ज्यान गएको बताइएको छ। प्रहरीले मुचुल्का उठाई यस विसयमा अनुसन्धान सुरु गरेको छ। मृतक नेपाल काभ्रेकी हुन् ।

गैरआवासीय नेपाली संघ साईप्रसले घटनाको पुरा विवरण प्राप्त भईनसकेकोले सबै नेपाली समुदाय र उहाँको परिवारले धैर्यधारण गरेर बस्न आग्रह गरेको छ । संघले साईप्रसमा एक पछि अर्को दुःखद घटना भईहेकोमा अत्यन्त दुख ब्यक्त गर्दै सबै नेपाली समुदाय एकिकृत भएर बस्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार