यशस्वि र सुस्मिताले दुर्गेश थापालाइ रुदै भने – रुन्छु धर्केर, ए मेरो परदेशि आउ है फर्केर …

– संगिता भट्ट

अर्को बर्ष आउनेछु दशैको
छुट्टि ल्याउला छ महिना बसाइको
बस पर्खेर, हाइ मेरो मुटुले नरोउ धर्केर… ।

लोकप्रिय गायक तथा सर्जक मौसम गुरुङको दशैतिहार गित ‘वस पर्खेर’ भखरै रिलिज भएको छ ।

यसपालिको दशैमा धेरै बिदेशिएका नेपाली दाजुभाइहरु कोरोना कहरका कारण घर फर्कि आफ्नो परिवार भेट्न त्यति सहजताका साथ पाउने छैनन् । अन्ततः परदेशिएका लाखौ दाजुभाइहरुको आफ्नो परिवार भेट्ने आशा निराशामा परिणत हुनेछ । र उता पर्खाइको पिडा झन् कति पट्यारलाग्दो हुदो हो । यो म्युजिक भिडियोमा ठ्याक्कै यस्तै सजिबता देखाइएको छ ।

गायक मौसम गुरुङ र गायिका रेजिना परियारको आवाजमा रहेको गीतमा लय शब्द सृर्जना भने सर्जक ओम छिनालको रहेको छ । यो गीतको शव्द पनि उत्तिकै मर्मस्पर्शि छ । शब्द जति बलियो छ सन्देश पनि ।

काजिश श्रेष्ठले निर्देशन गरेका यो भिडियोमा सुपर स्टार गायक मोडेल दुर्गेश थापा, सुस्मिता थापा मगर र बाल कलाकार यशस्वि देबकोटाको अभिनय रहेको छ ।
गायक गुरुङको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोले बिदेशिएका नेपाली दाजुभाइको मन मात्र छुने छैन भिडियो हेरेपछि एक पटक आखाभरि आशु लिन बाध्य बनाउने छ । बिदेशिएका दाजुभाइहरुको यसपालिको दशैमा आफु जन्मेको माटो र बाटो यो भिडियोले झनै मिस भएको महशुस गराउने छ ।

माया भए सम्झेर फर्क ल,
बिन्ति अब धेरै नतड्प ल
रुन्छु धर्केर, ए मेरो परदेशि आउ है फर्केर …

गितको म्युजिक भिडियो हेर्नुहोस्!

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार