लिस्बन।
युरोपबाट कमेडी हव नेपालको ‘ डबल रोल’ नामक टेलिसिरियलको शुभारम्भ भएको छ।
पोर्चुगलमा रहेका हास्य कलाकार सन्तोष बरालको परिकल्पना, लेखन र निर्देशनमा तयार पारिएको हास्य टेलिसिरियल ‘ डबल रोल ‘ युरोपको नेपाली समाजमा देखिएका घटनाहरुलाई चित्रण गरिनेछ। नेपाली टेलिभिजनको हास्य विधामा बरालले आफ्नो छुट्टै पहिचान बनाएका थिए। लामो समय तितो सत्यमा अभिनय गरेका बरालले हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘ ४२० को झट्का ‘ निर्माण र निर्देशन गरे।
बरालले एक दर्जन टेलीबिज्ञापन र आधा दर्जन म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन्। करिब डेढ दर्जन टेलिसिरियलमा अभिनय समेत गरिसकेका बराल बैदेशिक रोजगारीको सिलसिलामा युरोपमा आएपछि उनको नेपाली टेलिभिजनसंगको सम्बन्ध टुट्न गयो। नेपाली हास्य विधामा भएको उनको रुचिले सधै उनलाई घचघच्याई नै रह्यो, जसको फलस्वरूप उनले आफ्नै युट्युब च्यानल कमेडी हब नेपाल मार्फत डबल रोल सिरियलको शुभारम्भ गरे।
कलाकार तथा निर्देशक बराल भन्छन, ” डबल रोल कसैको व्यक्तिगत जीवनसँग सम्बन्धित छैन तर प्रवास र युरोपको नेपाली समुदायमा हुने गरेका घटनालाई यसले हास्यव्यंग मार्फत प्रस्तुत गर्नुका साथै मनोरन्जन र सूचना पनि दिनेछ। ”
डबल रोलको शिर्ष गीतमा प्रसिद्ध गायक प्रमोद खरेलको स्वर रहेको छ भने सिरियलमा पोर्चुगलमा रहेका स्थानीय कलाकारहरुको अभिनय हर्न सकिनेछ।
डबल रोलको पहिलो भाग यस्तो छ :