पोर्तुगलको राजधानीबाटै एक नेपाली युवा एक सातादेखि बेपत्ता

लिस्बन ।

पोर्तुगलको राजधानी लिस्बनबाट एक नेपाली युवा एक सातादेखि हराएका छन् ।

नेपालमा सुनसरी घर भएका अन्दाजी २७ बर्षका अभिषेक आचार्य राजधानी लिस्बनबाटै एक्कासी हराएका हुन् ।

त्यसयता उनी परिवार र साथी भाइहरुको सम्पर्कमा नरहेकोले खोजीका लागि परिवारले आग्रह गरेका छन् ।

एनआरएनए पोर्तुगलले पनि आज एक सूचना जारी गरी खोजीका लागि अपील गरेको छ ।

एक सातादेखि सम्पर्कविहीन भएका अभिषेकको बारेमा केही जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा एन आर एन ए पोर्चुगलको कार्यालयमा सम्पर्क गरिदीन हुन संघले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार