सिन्धुपाल्चोकमा पहिरो : ११ को शव भेटियो, २७ अझै बेपत्ता

काठमाडौं ।

सिन्धुपाल्चोकमा जुगल गाउँपालिका– २ गोल्चेको लिदीमा पहिरोमा परी बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ ।

लिदीमा शुक्रबार पहिरोले ३६ जना बेपत्ता भएका थिए । त्यस मध्ये ११ जनाको शव भेटिएको हो । पहिरोले २७ जना अझै बेपत्ता छन् । पहिरोमा पुरिएका १४ जनाकाे भने उद्वार गरिएको प्रहरीले जनाएको छ । पहिरोले ३५ घर पुरिएको छ ।

पुरिएका ११ शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । पहिराेबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

पहिरोमा बेपत्ता भएकाहरु
विक्रम दोङ
भिमदास दोङ
दोमाछिरिङ दोङ
रुपलाल दोङ
प्रकाश दोङ
अमृत दोङ
जयबहादुर दोङ
रेशम दोङ
इन्द्र दोङ
डोमा छिरिङ दोङ
जुनबहादुर दोङ
वाङ्ची लामा
युवराज दोङ
साङबहादुर दोङ
दाबाग्याल्बो दोङ
राजकुमार दोङ
साङबहादुर दोङ
जम्पाल दोङ
जिताई भक्ति
इसुरे दोङ
हिरा भक्ति
अन्ठा लामा
साङबहादु दोङ
दोर्जे दोङ
साङ्बो दोङ
बलबहादुर दोङ
सानु दोङ
ज्याबरानी दोङ
कान्छा दोङ
सोमपाल दोङ
निसमार्य दोङ
जुनलाल दोङ
टिकमाई दोङ
छिरिङ दोड

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार