हराइरहेका पत्रकार बानियाँ मृत फेला

काठमाडौँ।

सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेउबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेउबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोजी

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

कान्तिपुर दैनिकले बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएको र त्यसपछि उनी सम्पर्कमा न आएको जनाएको छ।

करिब २७ वर्ष पत्रकारितामा सक्रिय उनी संसदीय मामिला, शासकीय प्रणाली र राजनीतिक बिटका एक सिद्धहस्त रिपोर्टर मानिन्थे।

उनका एक श्रीमती, छोरा र छोरी छन्।

यसैबीच नेपाल पत्रकार महासंघले महासंघका पूर्व केन्द्रीय सचिव बानियांको रहस्यमय ढंगले निधन भएको भन्दै सो घटनाको गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसंग माग गरेको छ।

यसै गरी नेपाल प्रेस युनियनले पनि आफ्ना पूर्व महाधिवेशन प्रतिनिधि बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरी सहित सम्वन्धित पक्षसँग माग गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार