सडकमा मृत फेला परेका पुरुषमा देखियो कोरोना संक्रमण

काठमाडौं।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यस्तै बारामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सडकमा मृत फेला परेका विश्रामपुर गाउँपालिका ५ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उक्त पुरुष मंगलबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा मृत फेला परेका थिए ।

सडकमा मृत फेला परेका उक्त पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएका जनाइएको छ । पुरुषको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार