काठमाडौं ।
लामो समयदेखि क्यानाडामा बस्दै आएका लोकप्रिय लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालको नयाँ गीत ‘चस्मा लाएर’ को भिडियो सार्वजनिक भएको छ ।
बस्यालको शब्द तथा स्वर रहेको तथा सत्कर्मको संगीत रहेको तीज गीतको भिडियोमा लामो समय भएको लकडाउनको समयमा समाजमा देखिएका वास्तविक समस्यालाई जस्ताको त्यस्तै देखाउन खोजीएको छ ।
करिब डेढ दशक लामो समय क्यानडा बसेर नेपाल आएका गायक बस्यालले ‘ ल्याएको जीवन्त शैलीको मौलिक गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय देख्न सकिन्छ । जसको निर्देशन विवेक खड्काले गरेका हुन् ।
‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’ लगायतका चर्चित गीतका गायक बस्यालको ‘चस्मा लाएर’ बोलको गीतको भिडियो बजारमा आए लगत्तै राम्रो प्रतिक्रिया पाइरहेको जानकारी दिए ।
हेर्नुहोस् छमछम नचाउने यो रमाइलो गीतको भिडियो !