सन्तोष लामाको ‘डर छैन’मा विपिन को अब्बल अभिनय (भिडियो)

काठमाडौँ।

अभिनेता विपिन कार्कीको लकडाउनपछि अभिनय रहेको ‘डर छैन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सन्तोष लामाको स्वर, हरि लम्सालको संगीत, नारायण गौतमको शब्द रहेको गतिको भिडियोमा कार्कीको अभिनय रहेको छ।

गीतको भिडियोमा विपिनले एक भरियाको भूमिका निर्वाह गरेका छन्। यो भिडियोमा विपिनले दिनभर काम गरेर छाक टार्ने र पैसा नहुँदा चामलको पानी खाएर रात बिताउने एक भरियाको जीवन बोलेका छन्।

निर्देशक निकेश खड्काको भिडियो निर्देशनमा बनेको गतिको भिडियोमा निर्देशक खड्का शसक्त ढंगले प्रस्तुत हुन सफल भएका छन्। विकास धमलाको सम्पादन, हरि हुमागाँइको छायांकन रहेको भिडियोमा लोकमणी सापकोटालाई पनि देख्न सकिन्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार