पोर्चुगलको साभेसमा बिहिबार लागेको आगो नियन्त्रण बाहिर , २१० जना भन्दा बढी फायर फाइटर र ५ हवाई अग्नि नियन्त्रकहरु आगोसँग जुध्दै ( फोटो फिचर )

लिस्बन।

पोर्चुगलको साभेसमा बिहिबार लागेको आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन।

तिब्र बेगका हावाका कारण आगो झनै ठुलो क्षेत्रमा फैलिएको र आगो नियन्त्रण बाहिर भएको घटनास्थलमा खटिएका फायर फाइटरका कमान्डरले बताएका छन्।

साभेसमा लागेको आगो निभाउन २१० जना भन्दा बढी फायर फाइटरहरु संघर्ष गरिरहेका छन् ।

साभेसको भिला वेर्द दा रियामा बिहिबार आगो शुरु भएको हो। आगो नियन्त्रण बाहिर गएको र हुरीका कारण ठुलो क्षेत्रमा फैलिसकेकोले वरपरका धेरै घरहरु आगोको खतरामा रहेका छन्।

आगोमानव बस्ती नजिकै पुगेकोले नियन्त्रण गर्न थप ५ हवाई अग्नि नियन्त्रकहरु परिचालन गरिएको कमाण्डर हेर्नानी कार्भालोले बताएका छन्।

पोर्चुगलको विभिन्न ठाउँमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा हालसम्म ४ जना फायर फाइटरहरुले ज्यान गुमाईसकेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार