पोर्चुगलको कोइम्ब्रा नजिकै २८० यात्रु बोकेको ट्रेन दुर्घटना : २ को मृत्यु, ५० घाइते ( फोटो फिचर )

लिस्बन।

पोर्चुगलको राजधानी लिस्बनबाट आज ब्रागाको लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा दुर्घटना भएको थियो। ट्रेनमा २८० जना यात्रुहरु सवार थिए।

घाइतेहरुमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ।

लिस्बनबाट ब्रागाका लागि छुटेको अल्फा ट्रेन कोइम्ब्रा नजिकै सौरेमा ट्रेनको लिक मर्मत गर्ने ड्रेसिनामा ठक्कर दिदा सो दुर्घटना भएको हो। दुर्घटनाका सिकिस्त घाइतेहरुलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि उद्धार गरिएको थियो।

घटनास्थलमा ५९ वटा एम्बुलेन्स र १५० जना उद्धारकर्मीहरु तैनाथ गरिएको थियो।

आज शुक्रवार दिउसो करिब ३:३० बजेतिर भएको सो दुर्घटना सौरे ट्रेन स्टेशनको करिब ३०० मिटर नजिकै उत्तरमा भएको हो।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले सो दुर्घटनामा दुःख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार