१६० जना नेपाली सिड्नी बाट स्वदेश फर्के

सिड्नी ।

लकडाउनका कारण सिड्नीमा रहेका १ सय ६० जना नेपालीहरु बिहिबार साँझ सिड्नी बाट स्वदेश फर्किएका छन् । उनीहरु मेलिन्डो एयर बाट फर्किएका हुन् ।

गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाको समन्वयनमा अष्ट्रेलियामा रहेका र नेपाल फर्कनै पर्ने अबस्थाका नेपालीहरुलाई स्वदेश फर्काउन सेमी चार्डट उडान आयोजना गर्ने क्रममा सो उडान भएको हो ।

संघले यसअघि १४ जुलाईमा पहिलो पटक सिड्नी,मेल्बर्न र ब्रिसबेन बाट १ सय ५० जनालाई नेपाल पठाएको थियो ।संघले आगामी अगष्ट ६ तारीखमा समेत उडान गराउने भएको छ । सिंगापुर एयरबाट हुने उडानको भाडादर एक हजार ७ सय ५० अष्ट्रेलियन डलर तोकिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार