सन्दीप लामिछानेलाई चार्टर बिमान

काठमाण्डौ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न चार्टर फ्लाइटमार्फत ट्रिनिडाड एन्ड टोबागो जाँदै छन् । कोरोना भाइरस महामारीका कारण चैत ११ बाट लागू भएको लकडाउनपछि बन्द आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अझै खुलिसकेको छैन । त्यसैले सन्दीपले पछिल्ला केही दिन सिपिएलमा सहभागी हुन जाने वा नजाने भन्नेमा दुबिधा बढे पनिबुधबार मात्र उनी त्यसर्फ जाने पक्कापक्की भएको थियो । यस क्रममा समर्थकको दिएको शुभेक्षाप्रति सन्दीपले धन्यवाद दिए । ‘मेरो माया उहाँहरूसँग छ । उहाँहरूको माया मसँग छ, यसमा कुनै दुबिधा छैन,’ विगतमा समर्थकसँग टाढिएको आरोपको खण्डन गर्दै सन्दीपले भने, ‘यहाँ सधंै आलोचना हुन्छ र यो हाम्रो नियन्त्रणमा पनि छैन। त्यसैल म त्यसप्रति ध्यान पनि दिन्नँ। तपाईंसँग ८० हजार छ र तपाईंले केही रकम मात्र फजुल खर्चनुहोला। सबै रकम त्यसै त खेर फाल्नु हुँदैन नि ।

हो त्यस्तै एक वर्षमा ८० हजारभन्दा बढी सेकेन्ड हुन्छ। होला केही सेकेन्डहरु मेरो आलोचनामा बिते होलान् । ती केही सेकेन्डबाहेक मसँग बाँकी त राम्रो समय छ नि। म र मेरा समर्थकबीच सधैं राम्रो सम्बन्ध रहँदै आएको छ।’‘सायद यही मायाले नै होला मैले विभिन्न देशमा फ्रेन्चाइज लिग खेल्दा रातिराति खेल हेर्दै साथ र हौसला दिनुहुन्छ,’ सन्दीपले थपे, ‘म मेरा समर्थकको माया शब्दमा पनि वर्णन गर्न सक्दिनँ।’

व्यवस्थापक रमन शिवकोटीले सन्दीप बिहीबार कोरियन एयरको चार्टर विमानबाट बेलुका कोरिया पुग्ने र त्यहाँ ६–७ घण्टाको ट्रान्जिटपछि त्यहींबाट डेल्टा एयर हुँदै अमेरिका र त्यहाँबाट अगस्ट १ मा २ बजे सेन्ट लुसिया पुग्ने र त्यहाँबाट वेस्ट इन्डिज क्रिकेट बोर्डले सबै खेलाडीलाई एक साथ चार्टर विमानमार्फत ट्रिनिडाड एन्ड टेबागो लाने बताए । त्यहाँ पुगेपछि सबै खेलाडीलाई १४ दिन अनिवार्य रूपमा क्वारेन्टिनमा राखिने पनि व्यवस्थापक शिवाकोटीले बताए ।

‘कठिन परिस्थितिका बावजुद सन्दीपको सिपिएल यात्रा पक्का गर्न सहयोग गर्नुहुने नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका साथै सबै शुभेक्षुकमा धन्यवाद दिन चाहन्छु,’ शिवाकोटीले भने।सन्दीपले मंगलबार स्टार हस्पिटलमा पिसिआर परीक्षण गरेका थिए र बुधबार त्यसको रिपोर्ट नेगेटिभ आइसकेको छ ।

उनी लगातार तेस्रो सिजन सिपिएलमा सहभागी हुन लागेका हुन् । उनले सन् २०१८ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स र गत वर्ष बार्बाडोस ट्रिडेन्ट्सबाट खेलिसकेका छन् । यस सिजन भने सन्दीपलाई जमैका तल्लावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको हो। नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार