एसिड आक्रमण गरिएकी कार्किलाई अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीद्वारा आर्थिक सहयोग

सिड्नी।

काठमाडौँमा एसिड आक्रमण गरिएकी पवित्रा कार्किलाई अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीले दुई लाख दस हजार एक सय नेपाली रुपैयासहयोग हस्तान्तरण गरेका छन्।

अस्ट्रेलियामा रेजिना गिरिको नेतृत्वमा अनिशा तिवारी,प्रियन्का खनाल र अन्य १०५ जनाले FUND FOR HER नामक ग्रुप खोलेर सहयोग गरेका हुन।

गिरी भन्छिन्, “यो कुनै परिमाण रकम मात्रको कुरा हैन, हामी युवाहरू जहाँ भएपनि यस्ता अपराधिक क्रियाकलापविरुद्ध ऎक्यबद्ध छाैँ भन्ने सन्देश र पिडितलाई हाैसला पनि हाे ।”

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार