चिना नबनाईएको भुईमान्छे

सुरेश जोशी / पोर्चुगल

थाहा छैन उमेर भयो कति भनेर
न लेखियो चिना
न त टिपियो तिथी घडी हेरेर्।।

बस उमेर त थाहा भो
जिन्दगीमा स-साना समस्याको सगरमाथाले थिचेर
आफ्नैले र आफ्ना ईतरले चिथोरेर
परीस्थितीले सस्तो कमारो बनाएर
आफ्नै जिन्दगीको बिश्वास धर्मराएर।।

अब त उमेर पनी नजानुम झैँ लाग्छ
कहिले साथीभाईले भन्छन
कत्तिको बुढो भैइयो साथी?
र पो तनाब थपिन्छ
कास !..
“मेरो पनी चिना बनाईएको भए।। “

हरेक जन्मतिथीमा सम्झिन्छु
केवल म जन्मेको परिबेश
“गर्बले छाती टुडिखेल भएको हुन्छ “
अपसोच त यसमा दुनियालाई लाग्दो हो
किनकी हरेक बर्ष म २ चोटी जन्मिन्छु
एक सेप्टेम्बर ८ तारिख
अर्को फेब्रुअरी ८ तारिख् ।।

म आमा र देशलाई उत्तिकै सम्मान गर्छु
एउटा जन्मेको दिन मलाई मेरी आमाले दिनुभएको
र अर्को चै मेरो देशले
मलाई लाग्छ मेरो चिना बनाउने काम मेरै हिस्सामा रहेछ
न ज्योतिषीले मेरो हत्केला र निधार हेरेर
मेरो चिना बनाउन सके
न त अत्याधुनिक बिज्ञानले
त्यसैले सोच्छु
कास ..! “मेरो पनी चिना बनेको भए “
म पनी दावी गर्थे र भन्थे होला
दुनिया मलाई “चिनामै हेर्दा “
यती बर्ष भो भनेर।।

अब के हेरेर दावी गरु मेरो उमेर
देशले दिएको नागरिगताको कागज
यही युरोपको रातो पासपोर्टसँग साट्दैछु।।

बडो अपसोच त यहाँ लाग्दो हो दुनियालाई
हो के र कस्तो खालको यो भुईमान्छे
नलागोस पनी कसरी
दुनिया छ जो चिना हेरेरै
“दुनिया निर्माणमा ” लागेको उदगमबाटै।।

बहुत रिणी छु म
जन्मेको एक कालखण्ड्को  चेतनाको
त्यही रिणको भारी
आफ्ना सुक्ष्म मष्तिष्कका रेशामा पाउछु।।

जन्मेको माटोको सुबास
अनी जन्मदिने मातापिता
र ईश्ट्कुल ग्वाल्लेक केदार नागार्जुनको
अनुकम्पा सहित
जिन्दगीमा यत्ती गर्न सकियोस्
भन्ने चाहना छ आफ्नो चिना कुनै पुरोहित या पण्डितको ठेकेदारीमा
नलेखियोस भुईमान्छेको चिना
ईमानको कर्मशील जिन्दगी भोग्न
कर्मशील भईरहदा
सत्कर्मले लेखियोस नलेखिएको छ जो चिना।।

 

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार