कालिकोटको नरहरीनाथमा पहिरोले घर बगाउँदा ७ को मृत्यु

मनिराज पाण्डे, कालिकोट।

यहाँको नरहरीनाथ गाउँपालिका ७ को बाँजामा पहिरो जाँदा एउटै घरका ७ जनाको मृत्यु भएको छ ।

पहिरोले घर बगाउँदा बाँजा बस्ने बर्ष ६५ का गंगे बुढा, उनकी श्रीमती बर्ष ६१ की नैना बुढा, बुहारी बर्ष २३ की कुसा बुढा, छोरी वर्ष १९ की बिमला बुढा, बर्ष १० की चना बुढा, छोरा बर्ष ८ का राम बुढा र बर्ष ६ का चरित्र बुढाको मुत्यु भएको हो ।

त्यस्तै वडा नम्बरं ४ कै गोठीमा पहिरो जाँदा बर्ष ६५ का बाडे बुढा र उनकी श्रीमती मना बुढाको मृत्यु भएको छ । बाढीले नरहरिनाथ १ देखि ८ जोड्ने रहगाड पुलसमेत बगाएको छ । कालिकोटमा बाढी र पहिरोमा परी कुल १२ जनाको मृत्यु भएको छ, भने ६ जना बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार