पोर्चुगलमा कोरोना संक्रमित ५० हजार नाघे, लिस्बनामा मात्रै २५ हजार बढी संक्रमित !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या ५० हजार २९९ पुगेको छ। संक्रमितहरुमध्ये २५ हजार ५४९ राजधानी लिस्बनमा मात्रै रहेका छन्।

पछिल्लो २४ घण्टामा २ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् भने १३५ जना नयाँ संक्रमितहरु फेला परेका छन्। लिस्बनमा मात्रै पछिल्लो एक दिनमा १०१ जना नयाँ संक्रमितहरु फेला परेका छन्।

कोरोना संक्रमणबाट हालसम्म पोर्चुगलमा ज्यान गुमाउनेहरुको संख्या १ हजार ७ सय १९ रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

संक्रमितहरुमध्ये ४१४ जनाको अस्पतालमा उपचार भईरहेको छ भने ४५ जना आइसीयुमा रहेका छन्।

पोर्चुगलमा कोरोना संक्रमित भई उपचार पश्चात ३५ हजार ३७५ जना निको भई सामान्य जीवनमा फर्किएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार