लागूऔषधसहित युवती पक्राउ

सुनसरी ।

कोशी गाउँपालिका–८ भाण्टाबारी चारकुनेबाट लागूऔषधसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । भाण्टाबारी चारकुनेकी २० वर्षीया गीतादेवी सदालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले १ सय एमएलको १० बोतल डाइलेक्स डिसि र ५० ट्याव्लेट नाइट्रोसन बरामद गरेको छ ।

सीमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले गीतालाई लुकाईछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार