पेस्तोल सफा गर्दा पड्किएपछि हवल्दार घाइते

रुकुम ।

पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते हुनुभएको छ । नियमित हातहतियार सफाइका क्रममा आइतबार दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते हुनुभएको हो ।

पेस्तो पड्किएर सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।

उहाँको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताउनुभएको छ । सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार