शितल शर्माको तिज गित ‘शितलु’ सार्बजनिक

 

लिस्बन/ पोर्चुगल

बिगत वर्षहरुमा जस्तो तिज धुमधामसँग आएको छैन यो बर्ष कारण कोरोना महामारी। नेपाली हिन्दु नारीहरु भिडभाड गरेर हाँस खेल गरेर तीज मनाउनसक्ने अवस्था पनि छैन् तर, तीजका गीतहरु भने बजारमा आईरहेका छन् ।गायिका शितल शर्मा र गायक प्रकाश पराजुलीले हरितालिका तीज पर्वलाई लक्षित गरी कोरोना महामारीका बीचमा धेरै पृथक र फरक गीत बजारमा ल्याएका छन् । प्रकाशको संगीत रहेको गीतको भिडियोमा शितल शर्मा र प्रकाशसँगै शिभन पोखरेल, गरिमा शर्मा, निरू खड्का, रविन पराजुली, रविन लामिछाने, खेम नेपाली, गोमा न्यौपाने, सुमा लामिछाने, आरोशी भुसालको अभिनय छ।

शितलको गायन मौलिक छ। उनको प्रस्तुतिको शैली पनि मौलिक छ, त्यसैले पूर्वको मेची देखि पश्चिम महाकाली अनि परदेशसम्म उनका हजारौं ‘फ्यान’ छन्।

निरन्तरको मेहनत, संघर्ष र प्रयासबाटै संगीत कर्ममा सफलताको सिँढी चढ्न सफल भएको निष्कर्ष सुनाउँछिन् शितल।‘कलाकारको सफलता समाजका ती दर्शकसँग जोडिएको हुन्छ, जसले हामीलाई माया गरेर हाम्रा सिर्जनाहरू सुनिदिनु हुन्छ, हेरिदिनु हुन्छ,’ शितलले भनिन्। सञ्चार क्षेत्रमा सफल कर्मकथा लेखेकी शितल अहिले सांगीतिक क्षेत्रमा पनि त्यसैगरी अघि बढिरहेकी छिन्। कोरोना प्रकोपका बावजुद अहिले निडरताका साथ गरिएका कर्महरू भविष्यका कयौं पुस्ताका लागि प्रेरणापथ बन्ने शितलको धारणा छ।‘हामी कोरोना प्रकोपको भयावह संकटसँग संघर्ष गर्दै छौं, अहिले हामीले गरेको प्रयास आउँदो पुस्ताका लागि प्रेरणा बन्ने छ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार