स्पेनको क्याटालोनिया सरकारले नाइटक्लब र बार बन्द गर्दै

क्याटालोनिया ।

उत्तर पूर्वी स्पेनमा क्याटालोनिया सरकारले कोभिड १९ को बढ्दो संक्रमणको कारण सबै नाइटक्लबहरू र बारहरू बन्द गर्ने निर्णय गरेको छ।स्पेनले केवल एक महिना अघि मात्र आपतकालिन अवस्था हटाएको थियो, तर अब बुर्सोलेना र राजधानी म्याड्रिड लगायतका धेरै शहरहरूमा संक्रमण बढ्न थालेको छ।

शुक्रबार त्यहाँ ९०० भन्दा बढी नयाँ संक्रमणको दर्ता भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब ठूलो संख्यामा युवाहरू पनि संक्रमणको शिकार भइरहेको स्पेनमा उपस्थित बीबीसी संवाददाताले बताएका छन् ।

फ्रान्सले आफ्ना नागरिकहरूलाई क्याटालोनिया जाने चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार