विश्व नेपालीको ‘टेस्ट गरम’ सार्वजनिक

लोकप्रिय गायक विश्व नेपालीको स्वरमा ‘टेष्ट गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। एक नारयण भण्डारीको शब्द रहेको गीतमा संगीत तथा संयोजनको काम आशिष अभिरले गरेका छन्।

डान्सिङ शैलीमा तयर भएको यस गीतको भिडियोमा चर्चित डान्स ग्रुप ’कार्टुन क्रु’का मुख्य दुई सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर गरिएको छ। निकै रोमान्चक र रमाइलो शैलीमा निर्माण भएको गीतको भिडियोमा प्रेम प्राप्तिका लागि एक युवाले गर्ने क्रियाकलापलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।

भिडियोमा गायक विश्व नेपाली पनि प्रस्तुत भएका छन्। ‘भन के छ बन्दोबस्त’, ‘तिम्रो मौन इसाराले’, ‘मीठो साह्रै मीठो’, ‘मै पनि बन्छुकी कवि देवकोटा’ जस्ता हिट गीत दिएका गायक नेपालीले दर्शक झुमाउने शैलीको गीत सार्वजनिक गरेका हुन्।

ट्रि इन्टरटेन्टमेन्टको प्रस्तुती रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ। अर्जुन तिवारी डिओपी रहेको भिडियोमा बुद्ध थापाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार