नेकपाका तीन शीर्ष नेता राष्ट्रपति निवासमा

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन संघारमा पुगेको विश्लेषण भइरहेका बेलाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ । अध्यक्ष प्रचण्डसँगै पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल शीतल निवास जानुभएको हो ।

प्रचण्ड लगायतका नेताहरुले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने र प्रधानमन्त्री हटाउने षडयन्त्र गरिरहेको आरोप प्रधानमन्त्रीले शनिबार साँझको मन्त्रिपरिषद् बैठकमा लगाउनु भएपछि यसबारे प्रष्ट पार्न नेताहरु शीतल निवास पुग्नुभएको हाे ।

राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रीहरुसँगको परामर्शमा प्रधानमन्त्रीले राष्ट्रपतिविरुद्ध पार्टी भित्रकै नेताहरुले षडयन्त्र गरेको भन्दै आफूले जुनसुकै कदम चाल्न सक्ने बताउनुभएको थियो । नेकपाका एक नेताले प्रधानमन्त्रीलाई त्यसबारे सम्झाइदिन र पार्टी विभाजनबाट रोक्ने उद्देश्यका साथ नेताहरु राष्ट्रपतिलाई भेट्न जानुभएको हुनसक्ने बताउनु भयाे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार