मानिस जत्रै ठुलो चमेरो

काठमाडौं ।

चीनको वुहान शहरबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका बिभिन्न देशमा फैलिएको छ । कोरोनाकै कारण ५ लाख बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

विश्वमा कोरोनाबाट अमेरिका, ब्राजिल, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् । तर कोरोनाको उद्गम स्थल चीनमा भने कोरोनाको प्रभाव अहिले कम परेको छ ।

चीनमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोनाभाइरस चमेरोबाट मानिसमा सरेको बताइएको छ । यसैबीच फिलिपिन्समा एक ठुलो चमेरो देखिएको छ । उक्त चमेरो लगभग ६ फिटको रहेको बताइएको छ । चमेरो एक व्यक्तिको घरमा देखिएको र मानिस जत्रो नै रहेको बताइएको छ । ठुलो चमेरो देखेपछि त्यहाका स्थानीय डराएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार