रवीन्द्र मिश्रको कडा प्रश्न : ” के राष्ट्रपति ‘ओली गुट’का नेता हुन् ?”

काठमाडौं।

# Rabindra Mishra
Photo: Pradeep Singh

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार मन्त्रिपरिषद्को प्रस्तावमा संसद अधिवेशन अन्त्य गरेकी छिन्। सभामुख र प्रतिपक्षी दलसँग समन्वय नै नगरी एकतर्फी संसद अधिवेशन अन्त्य गरेको भन्दै अहिले आलोचना पाि भइरहेको छ । यसैबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा उनले के राष्ट्रपति ओली गुटका नेता हुन् ? भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति ओलीलाई संकटबाट बचाउने साधन राष्ट्रपति नभएका पनि बताएका छन् । राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न नमिल्ने पनि बताएका छन् ।

उनले भनेका छन् – ‘के राष्ट्रपति ‘ओली गुट’का नेता हुन्? होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ? राष्ट्रपति गणतन्त्रका गहना हुन्। राष्ट्रपति संविधानका पालक र रक्षक हुन्। ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिँगो गणतन्त्रको खिल्ली नउडाऊँ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार