कालोपत्रे सडकमै ट्रिपर भाँसिएपछि…

विराटनगर ।

विराटनगर उपमहानगरपालिका–१० पिपल चौकस्थित कालोपत्रे गरेको सडकमै ट्रिपर भाँसिएको छ । बालुवा बोकेको रोकेर राखेको क ३१७२ नम्बरको ट्रिपर सोमबार साँझ कालोपत्रे सडकमै भाँसिएको हो ।

बोहोरा निर्माण सेवाको बालुवा बोकेको ट्रिपरको पछाडिको टायर सडकभित्रै भाँसिएको हो । सडक निर्माणमा ठेकेदारको लापरवाहीका कारण यस्तो भएको बताइएको छ ।

सडक एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजना अन्तर्गत निर्माण भएको हो । सडक परियोजनाको ठेकेदार आशिष निर्माण सेवाले गरेको हो । क्षेत्रीय सहरी विकास परियोजना विराटनगरका प्रमुख भरत न्यौपाने भने निर्माणका क्रममा भएको प्राविधिक त्रृटिका कारण यस्तो भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार