काठमाडौं।
कोरोना भाइरसको संक्रमण देखिएका बिरामीमध्ये थोरैको अवस्थामा मात्रै गम्भीर रहेको छ। अधिकांश संक्रमितको अवस्था सामान्य रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म संसारभर ९३ लाख ६९ हजार तीन सय ८१ जनामा कोरोना देखिएको छ। त्यसमध्ये चार लाख ८० हजार ९५ जनाको मृत्यु भएको छ।
बुधबारसम्म संक्रमितमध्ये ५० लाख ६० हजार ६ सय दुई जना निको भएका छन्। अहिले ३८ लाख २८ हजार ६ सय ८४ जनाको उपचार चलिरहेको छ।
अहिले कोरोनाको उपचार चलिरहेकामध्ये दुई प्रतिशत मात्रै गम्भीर रहेका छन्, बाँकी ९८ प्रतिशतको अवस्था सामान्य रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार अहिले उपचार ३८ लाख २८ हजार ५ सय ८४ जना कोरोना संक्रमितमध्ये ५८ हजार १३ जनाको अवस्थामा मात्रै गम्भीर रहेको छ। ३७ लाख ७० हजार ६ सय ७१ जनाको अवस्था सामान्य रहेको छ।
नेपालमा पनि संक्रमितहरुको अवस्था सामान्य रहेको छ। अहिलेसम्म कुनै पनि संक्रमितमा गम्भीर समस्या देखिएको छैन।
बुधबार मध्याह्नसम्म नेपालमा १० हजार ९९ जनामा कोरोना देखिएको छ। जसमध्ये २४ जनाको मृत्यु भएको छ।
अहिलेसम्म दुई हजार दुई सय २४ जना निको भएका छन्। बाँकी उपचाररत संक्रमितको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।