कोरोनाको औषधी पत्ता लगाएको रामदेवको दाबी

काठमाडौं ।

योगगुरू रामदेवले कोरोनाको बिरामीका लागि आयुर्वेदिक औषधी बजारमा ल्याएको बताएका छन्।

आज पतञ्जली योगपिठले हरिद्वारमा गरेको कार्यक्रममा रामदेवले यसको जानकारी दिएका हुन् । उनले कोरोनिल ट्याबलेट र श्वासरी बटी नाम दिइएको दुई थरि औषधी सार्वजनिक गरेका छन् । यो औषधीले कोरोनाका बिरामी निको हुने उनको दाबी छ।

रामदेवले कोरोनाको उपचारमा प्रयोग हुने आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ । यसले शरीरको प्रतिरोध क्षमता बढाउने उनले बताए।

रामदेवका अनुसार कोरोनिल १०० जनामाथि क्लिनिकल परिक्षण गरिएको थियो । औषधीको प्रयोगपछि ३ दिनको समयमा ६९ प्रतिशत बिरामीको रिपोर्ट नेगेटिभ आएको थिए भने उनीहरु ७ दिनभित्र शतप्रतिशत निको भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार