कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकको मृत्यु, २५ नयाँ संक्रमित थपिए

काठमाडौं|

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप १ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मंगलबार महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे।

उनी क्षयरोगका बिरामी रहेको र उपचारकै क्रममा सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए।

ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार