काठमाडौं ।
नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सिडिएमए मोबाइल सेवा सुरु गरेको छ । छाङरुमा केही समय अगाडि स्थापना भएको सशस्त्र प्रहरी बलको बिओपीलाई लक्षित गरी टेलिकमले टावर निर्माण गरेको हो ।
नेपाल टेलिकमकाे टावरले कालापानी, छाङरु, ,टिंकर,गुन्जी र कुटी क्षेत्रमा सेवा दिने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए ।
टेलिकमले कर्मचारीलाई गृह मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट उक्त क्षेत्रमा लगि टावर निर्माण गरेको हो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा प्राविधिकहरु उक्त स्थानमा लगिएको नेपाल टेलिकमले जानकारी दिए ।