संविधान संशोधनमा अनुपस्थित सांसद कारवाहीमा

काठमाडौं |

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले (नेकपा) संविधान संशोधनमा अनुपस्थित हुने ४ सांसदलाई नेकपाले का’रवाही प्रक्रिया सुरु गरेको छ । शनिबार भएको संविधान संशोधनमा अनुपस्थित उनीहरूलाई संसदीय दलले स्पष्टीकरण सोधेकाे छ ।

नेपाल सरकारले ७ जेठमा भारतले अ’तिक्रमण गरेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन गरेको थियो ।

उक्त नक्सालाई निशान अध्यावधिक गर्नका लागि संविधान संशोधन गरेको छ । उक्त संविधान संशोधनमा सबै दलले एकमत भएर पक्षमा भोट हालेका थिए । समाजवादी पार्टीकी सरिता गिरीले भने वि’पक्षमा संशोधन दर्ता गराएकी थिइन् । अन्तिम समयमा आएर उनको प्रस्ताव अ’स्वीकृत भएको थियो ।

तर, सत्तारुढ दलकै चार जना सांसद संविधान संशोधनमा अनुपस्थित थिए । अनुपस्थित भएका चारै जना सांसदलाई नेकपाको संसदीय दलले स्पष्टीक’रणसहितको पत्र पठाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार