कोरोनाको कहर र बेरोजगारीका विच सिन्धुपाल्चोकका मृगौला पिडित बालकलाई नेपाली महिला समाज पोर्चुगलको आर्थिक सहयोग

शान्ति अर्याल अधिकारी, पोर्तुगल।

सिन्धुपाल्चोकका मृगौला पिडित एक बालकलाई नेपाली महिला समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि उपचारार्थ सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वार्ड न ७ का सन्दिप अधिकारीलाई उपचार खर्च स्वरुप समाजले आर्थिक सहयोग गरेको हो ।

नेपाली महिला समाज पोर्चुगलको सक्रियतामा सकंलन भएको सहयोग रकम एकाउन्न हजार रुपैया संस्थाकी उपाध्यक्ष माया खरेलले शुक्रबार काठमाडौस्थित पाटन अस्पतालमा पुगेर पिडितका बाबु केदार अधिकारीलाई हस्तान्तरण गरेकी छिन् । पिडित परिवारले उपचारमा सहयोग जुटाइदिएकोमा महिला समाजप्रति धन्यबाद दिदै सबैबाट सहयोग को अपेक्षा रहेको बताएका छन् ।

“भाईको उपचारमा ४० लाख भन्दा बढी खर्च गरियो, अब हामीसग केही छैन। बाहिरबाट सहयोग नभए भाईलाई बचाउन गाह्रो छ” गहभरि आँसु पार्दै पिडितको दिदी स्मृति अधिकारीले बताईन् ।मृगौला फेल भएर बिगत लामो समय देखि उपचारको क्रममा रहेको र छोराको उपचारमै सबै सम्पत्ति सकिएपछि बाहिर सहयोगको आपिल गर्नुपरेको बुवाको गुनासो थियो ।

नेपाली महिला समाज पोर्चुगललाई पीडितका परिवारले सहयोगको लागि अपिल गरेपछि समाजले आफुसक्दो सहयोग गरेको महासचिव सरिता शर्माले बताउनु भयो ।

महिला समाजका अध्यक्ष निर्मला ढकालले बिश्व महामारीको रुपमा फैलिएको कोरोनाको कहरभित्र देशबाहिर रहेर बेरोजगारीको अबस्थामा पिल्सिरहेको समयमा पनि आफ्नो नियमित खर्चमा कटौती गरी पिडीत बालकको उपचार खर्चमा थप टेवा पुर्याउन सहयोग गर्नुहुने सबै सहयोगी मनहरूप्रति धन्यबाद ब्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार