आइसोलेसनमा बसेकाहरुको महिनौसम्म पनि स्वास्थ्यपरिक्षण नभएपछि भयो प्रहरीबीच झडप : चारजना घाइते

दैलेख ।

दैलेखको एक ‘आइसोलेसन’मा बसेका र प्रहरीबीच ‘झडप’ हुँदा चारजना घाइते भएका छन् ।

शनिबार नारायण नगरपालिका दैलेखबजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा बसेका ‘पीसीआर पोजिटिभ’ नागरिक र प्रहरीबीच झडप भएको हो ।

महिनौ दिन पुग्दा पनि पुनः स्वास्थ्य जाँच नगरिएको, पीसीआर र ‘आरडीटी’ पोजिटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै संक्रमितले आन्दोलन गरेका हुन् ।

आइसोलेसनमा बसेका पीसीआर पोजिटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।

प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीनजना सामान्य रहेका छन् । उनीहरु चारलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पीसीआर पोजिटिभलाई राखिएको छ । केही दिनअगाडि उक्त विद्यालयको ‘क्वारेन्टिन’मा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए । रासस

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार