काठमाडौं ।
प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्शा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । योसँगै उपत्यकाको माइतीघर मण्डला लगायतका ठाउँमा उपस्थित सर्वसाधारणले सडकमा नेपालको नक्शा बनाएर र दीप प्रज्वलन गरेर खुशियाली मनाएका हुन् ।
प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।