काठमाडौं ।
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोनाबाट थप २ जनाको मृत्यु भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले जेठ २८ गते पर्सा जिल्ला विरगंज महनगरपालिका घण्टाघर नजिक अन्दाजी २५ वर्षका एक पुरुषको बेबारिसे सब फेला परको र नारायणी अस्पतालको प्रयोगशालामा जाँच गर्दा जेठ ३० गते कोरोना पोजेटिभ पुष्टि भएको बताउनुभयो ।
बारा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षिय बालकलाई ज्वरो तथा स्वासप्रस्वासमा समस्या देखिएपछि शुक्रबार विरगंज हेल्थ कियर अस्पतालमा उपचारका लागि ल्याइएको र आरडिटी परीक्षणमा पोजेटिभ आएपछि आइसोलेसन वार्डमा राखी उपचार गरिएको अवस्थामा मृत्यु भएको बताउनुभयो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा समेत कोरोना संक्रमण पोजेटीभ आएको प्रवक्ता गौतमले बताउनुभयो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।