काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसFगको वार्ता अघि बढाउने बताउनुभएको छ ।
प्रधानमन्त्रीले अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्शा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताउनुभएको हो ।
संघीय संसद भवनबाट बाहिरिँदै उहाँले राष्ट्रियताको पक्षमा देश एकजुट हुनु राम्रो भएको उल्लेख गर्दै अब चाँडै वार्ता हुने बताउनुभयो । ‘राष्ट्रियताको पक्षमा अखण्डताको यो बहुत राम्रो कुरा हो’ उहाँले भन्नुभयो, ‘केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ ।’
नेपाली भूमि फिर्ताका लागि संविधान संशोधन भएपनि अबको कदम के हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीले ‘अब छिट्टै वार्ता हुने’ बताउनुभयो उहाँले भन्नुभयो, ‘अब वार्ता हुन्छ । अगाडि बढ्छ ।’