६७ वटा चार्टर विमानबाट आउँदैछन् नेपाली, जुन १५ देखि उद्दार उडान सुरु हुने

काठमाडौं ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न ६७ वटा चार्टर उडानलाइ अनुमति दिएको छ ।

चार्टर उडानको लागि नेपाल वायुसेवा निगमले २४ वटा, हिमालय एयरलायन्सलाई १९ वटा र विदेशी वायुसेवा कम्पनीले २४ वटा उडानको अनुमति पाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यि एयरलाइन्सले जुन १५ देखि उद्दारको लागि उडान सुरु गर्नेछन । सरकारबाट चार्टर उडान अनुमति पाएका एयरलाइन्सहरुले जुन १५ देखि जुन २५ सम्म करिब १२ हजार नेपालीलाई स्वदेश ल्याउनेछन ।

विदेशबाट नेपाल फर्किने नेपालीले पीसीआर वा आरडीटी रिपोर्ट नेगेटिभको प्रमाण पत्र पेश गर्नुपर्ने छ । चार्टर उडानमा कतिपय श्रम मुलुकमा रहेका नेपालीलाई त्यहाँको सरकार तथा कम्पनीले आफ्नो खर्चमा पठाउँदैछन् भने अधिकाशंले टिकट खर्च आफै बेहोर्नुपर्ने छ ।

कुन देशबाट कहिले आउँदैछन नेपाली ?

जुन १५ : माल्दिभ्स, मलेसिया, सिंगापुर र साउदी अरब,
जुन १६ : युएई, कतार, कुवेत, श्रीलंका र माल्दिभ्स,
जुन १७ : अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र अमेरिका,
जुन १८ : साउदी अरब, युएइ, मलेसिया र ओमान,
जुन १९ : जापान, कुवेत, साउदी अरब र नाइजेरिया,
जुन २० : साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपियन युनियनका देश,
जुन २१ : दक्षिण कोरिया, ओमान, कुवेत, मलेसिया,
जुन २२ : अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार,
जुन २३ : जापान, माल्दिभस, युएइ र युगान्डा,
जुन २४ : साउदी अरब र कुवेत जुन २५ जापान, साइप्रस र इजरायल,
यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । नेपाल आइसकेपछि सरकारले बनाएको क्वारेन्टाइन मापदण्ड अनिवार्य रुपमा पालना गर्नुुपर्ने छ ।

क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार