मानव तस्करहरुको जालो बन्यो एनआरएनए माल्टा : केन्द्रमा उजुरी परेपछि कारवाही हुने डरले अध्यक्ष सहित १९ जनाले दिए सामुहिक राजिनामा

लिस्बन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद माल्टाका निर्वाचित कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्यहरु गैरकानुनी तवरले श्रमिक ओसारपसारमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ । छानवीनमा उनीहरुको संलग्नता पुष्टि भएसँगै उनीहरुले सामुहिक राजीनामा दिइसकेका छन् ।

यस मामिलामा छानबीन गर्न गठित समितिले एक प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी गराएको छ । छानबीन गर्न गठित समितिले विद्युतीय माध्यमबाट एनआरएनए अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्मालाई प्रतिवेदन बुझाएको जानकारी दिएको छ ।

स्रोतका अनुसार समितिले एनआरएनए माल्टा कार्यसमितिका १३ जनालाई कारबाही सिफारिस गरिएको छ । यस अघि माल्टाका आइसीसी सदस्य, अध्यक्षलगायत १९ जनाले सामुहिक राजीनामा दिएका थिए ।

छानबीन समितिमा युरोप क्षेत्रका संयोजक नारायण आचार्य, उपसंयोजकत्रय मुक्तबहादुर गुरूड, कृष्णप्रसाद तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिमखडा रहेका थिए ।

उनीहरुको राजीनामालाई एनआरएनए शुद्धिकरण अभियानको कोषेढुङ्गाको संज्ञा दिइएको छ । यसले निष्पक्ष र निष्कलङ्कित नेतृत्व चयनमा सहयोग पुर्‍याउने अपेक्षा लिइएको समितिको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राजिनामा दिएकाहरुको सूची :

तेजबहादुर लिम्बु (आइसीसी सदस्य )

राजु अर्याल (अध्यक्ष )

रेमलाल खनाल (वरिष्ठ उपाध्यक्ष )

प्रकाश भण्डारी (उपाध्यक्ष )

नवीन गिरी (उपाध्यक्ष )

संदेश केसी (महासचिव )

भुवन अर्याल (सचिव)

निरज ढकाल (सचिव)

मनिष अर्याल (प्रवक्ता )

दिपक पोख्रेल (कोषाध्यक्ष)

शंकर खत्री (सह-कोषाध्यक्ष)

रोशन गिरी (युवा संयोजक)

रहरमान तामाङ (सदस्य )

बिरेन्द्र घिमिरे (सदस्य)

नरेस खनाल (सदस्य )

राजिब दाहाल (सदस्य )

अर्बिन पौडेल (सदस्य )

दिनानाथ भट्टराई (सदस्य)

मिनबहादुर खनाल (सदस्य)

विज्ञप्ति हेर्नुहोस् :

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय सचिबालयको मिति में ९ .२०२० मा बसेको बैठकले गैर – आवासीय नेपाली संघ राष्ट्रीय समन्वय समिती माल्टाका पदाधिकारीहरु तथा सदस्यहरु उपर लागेको गैर कानूनी श्रमिक वसार – पसार जस्तो संगीन आरोपको छानबिन गर्न यूरोप क्षेत्रका संयोजक नारायण आचार्य , उप संयोजक त्रय मुक्त बहादुर गुरूड्ग , कृष्ण प्रसाद तिमिल्सिना , शुक्रराज न्यौपाने र आई सी सी सदस्य रामशरण सिमखडा रहेको ५ सदस्यीय समिति गठन गरी छानबिनको जिम्मेवारी दिईएको थियो । समितिले ३ हप्ताको अथक मेहनत पश्चात सर्वसम्मतिका साथ आज प्रतिबेदन केन्द्रीय अध्यक्ष कुमार पन्त र महासचिब डा हेमराज शर्मालाई विदधुतिय माध्यमबाट बुझायो ।

कोभिड १ ९ को प्रभाव र लकडाउनको कारण छानबीन प्रकृयामा असहजता भएता पनि प्रबिधीको प्रयोग र बाक्लो संबादले समस्या निराकरणको लागी यथेष्ट प्रयासको साथै वर्तमान नेतृत्वले अंगिकार गरेको यस्ता गम्भिर बिषयमा शुन्यसहनशिलताको अवधारणालाई हृदयंगम गर्दै सर्बसम्मत प्रतिबेदन सहित निकास दिन सफल भएको समितिको ठहर छ ।

एन सी सी माल्टाको निर्वाचित कार्यसमिति उपर गम्भिर आरोप र अधिकांश पदाधिकारी तथा सदस्यहरुको कुनै न कुनै प्रकृतिको संलग्नता देखिएको परिप्रेक्षमा छानबिनलाई सहज र आगामी दिनमा निश्पक्ष र निश्कलंकित नेतृत्व चयनमा सहयोग पुर्याउने अभिप्रायले सामुहिक राजिनामा समेत पेश गरिसकेकोले एन आर एन अभियान सुद्दिकरणको लागी यो एक कोषे ढुंगा साबित हुने समिति निष्कर्षमा पुगेको छ । १० परिच्छेदमा रहेको यस प्रतिबेदनमा ७ अनुसूचीहरू संलग्न गरिएका छन भने यस छानबिनको क्रममा सरोकारवालाहरू संगको १७ घण्टा लामो भिडियो समेत साथ छ ।

छानबिनको क्रममा एन सी सी माल्टाका साथीहरू , आई सी सी सदस्य , त्यहाका नागरिक समाजका अगुवा , पिडित भनिएका साथीहरू नेपाली दुताबास , पत्रकार मित्रहरु तथा एन आर एन केन्द्रीय पदाधिकारीहरूबाट प्राप्त सहयोगको लागी समिती आभार सहित धन्यबाद ज्ञापन गर्दछ । समितिको प्रतिबेदनको उपल्लो निकाएले शुष्म अध्ययन पश्चात संस्थागत निर्णय गर्ने छ भन्ने बिस्वाश समेत गरेका छौ ।

हार्दिक धन्यबाद सहित,

नारायण आचार्य

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार