गर्भवतीमा कोरोना देखिएपछि अप्रेशन नै रोकेर अस्पताल बन्द गरियो !

बाँके ।

कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल गर्भवतीमा कोरोना देखिएपछि अप्रेशन रोकिएकाे छ । अस्पतालमा उपचार सेवा समेत बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछामका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचार सेवा बन्द गरिएको हो ।

अछामको बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिस गरेको थियो । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना संक्रमण देखिएको अस्पताल का उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना संक्रमण देखिएपछि रोकिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार