पोर्तुगलमा एक नेपाली युवाको दु:खद निधन

लिस्बन ।

पोर्तुगलमा एक नेपाली युवाको दु:खद निधन भएको खबर प्राप्त भएको छ ।

अलेन्तेजु क्षेत्रमा बस्दै आएका म्याग्दी सिङ्गा घर भएका ४९ वर्षीय दीपक बानियाँको आज निधन भएको हो । मृतक बानियाँ लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित थिए ।

उच्च रक्तचापका कारण भुइमा लडेका बानियाँलाई उपचारका लागि तुरुन्तै ओदिमेरा अस्पताल लागिएको थियो तर अस्पताल श्रोतले केही बेरमा नै उनलाई मृत घोषणा गरिदियो। बानियाँ दुई वर्षदेखि उच्च रक्तचापको उपचार र औषधि सेवन गरिरहेका थिए।

मृतक बानियाँ कृषि क्षेत्रमा आफ्नी श्रीमती र एक छोराका साथ बस्दै आएका थिए। बानियाँका जेठा छोरा नेपालमै रहेका छन् ।

सन २०१० यता पोर्तुगलमा ३५ नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार