लकडाउनमा तस्करलाई सघाएपछि असईसहित चारजना प्रहरी निलम्बित

काठमाडौं।

प्रदेश २ प्रहरी कार्यालयले मातहतमा रहेका एक प्रहरी सहायक निरीक्षकसहित चारजना प्रहरीलाई निलम्बन गरेको छ।

लकडाउनको समयमा तस्करलाई सघाएको प्रमाण फेला परेपछि उनीहरूलाई प्रदेश प्रहरी कार्यालयमा झिकाएर निलम्बन गरिएको डीआईजी धिरजप्रताप सिंहले बताए।

“तस्करहरूलाई सघाएको प्रमाण भेटिएपछि अनुसन्धानका लागि निलम्बन गरेका हौं”, उनले भने, “थप अनुसन्धान गर्दैछौैं। पुष्टि भएमा अन्य कारबाही प्रक्रिया अघि बढ्छ।”

जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तर्गत् विष्णु गाउँपालिकामा रहेको बबाल दोहन प्रहरी चौकीमा कार्यरत चारैजनालाई निलम्बन गरिएको हो।

चारैजनाले आर्थिक प्रलोभनमा परेर तस्करको समूहलाई सहयोग गरेको भेटिएको छ।

डीआइजी सिंहका अनुसार निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दारद्वय विजय साह र चुनरमण चौरसिया तथा प्रहरी जवान अरुण तिवारी रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार