लिस्बन कोरोना संक्रमणको रेडजोनमा, लिस्बनमा कोरोनाका नयाँ संक्रमितको संख्या आकाशियो ! !

लिस्बन।

( लकडाउन खुकुलो भएसंगै अलमेदा पार्कमा तास खेल्न ब्यस्त स्थानीय बासिन्दाहरु , सामाजिक दुरीको कसैलाई परवाह छैन। )

पोर्चुगलमा लकडाउन खुकुलो भएसंगै राजधानी लिस्बनामा कोरोना भाइरसका नयाँ संक्रमितहरुको संख्या आकाशिएको छ।

पछिल्लो २४ घण्टामा पोर्चुगलमा १९५ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् , जसमध्ये १५८ जना संक्रमित लिस्बनमा मात्रै रहेका छन्। हालसम्म पोर्चुगलमा ३२ हजार ८९५ जना संक्रमितहरुको पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३६ रहेको छ। ज्यान गुमाउनेहरुमा ७३० जना महिला र ७०६ जना पुरुष रहेका छन्।

देशको उत्तरी भागमा १६, ७८९ जना संक्रमित छन्। त्यस्तै लिस्बन र तेजोमा ११, ४९३ जना मध्यक्षेत्रमा ३७५३ जना , अल्गार्भमा ३७२ र अलेन्तेजोमा २७० जना संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयको रेकर्ड छ।

त्यस्तै आसोरेसमा १३७ जना र मदेइरामा ९१ जना संक्रमित भएका छन्।

३२ हजार ८९५ जना संक्रमितहरुमध्ये ४३२ को असपतालमा उपचार भईरहेको छ भने ५८ जना सिकिस्तहरुको भेन्टिलेटरमा उपचार भईरहेको छ।

११ हजार १५८ जना घरमै आइसोलेशनमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार