पोर्चुगल -स्पेनबिच स्थल र हवाई सिमा जुन अन्तिमसम्म बन्द रहनसक्ने

लिस्बन।

पोर्चुगल -स्पेनबिच स्थल र हवाई सिमा जुन अन्तिमसम्म बन्द रहनसक्ने भएको छ।

आन्तरिक प्रशासन मन्त्रालयका अनुसार जबसम्म स्पेनमा आन्तरिक क्वारेण्टिन कायम रहन्छ, तबसम्म पोर्चुगल र स्पेनबिचको आवतजावत बन्द रहनेछ।

हालको अवस्थामा पोर्चुगल स्पेन बोर्डर १५ जुनसम्मका लागि बन्द छ। पोर्चुगलले जुनको दोश्रो साताको अन्त्यतिर परिस्थितिको पुनरावलोकन गर्नेछ।

स्पेन सरकारले स्पेनभित्र खुल्ला रुपमा हिडडुल गर्न जुलाई १ सम्मका लागि बन्देज गरेकाले पोर्चुगलले पनि स्पेनसँगको सिमाना जुन १ तारिख आगाडी नखोल्ने निश्चित छ।

यद्यपी स्पेनसंगको पोर्चुगलको सिमाना बन्द भएतापनि अधिकृत नौ सिमानाबाट सीमापार मजदुरहरुलाई आवतजावत गर्न अनुमति हुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार