गड्डाचौकीबाट दैनिक सयौंको संख्यामा नेपालीहरु भित्रिदै : परीक्षण छैन, जोखिम बढ्दो

कञ्चनपुर ।


सीमा नाका गड्डाचौकीबाट दैनिक सयौंको संख्यामा नेपालीहरु भारतबाट भित्रिरहेका छन् ।

किट अभाव रहेको भन्दै उनीहरुको कोरोना परीक्षण समेत हुन सकेको छैन । आज बिहान मात्रै गड्डाचौकीबाट १ हजार १ सय ८५ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै ६५ जना भारतीयलाई स्वदेश फर्काइएको छ ।

हिजो मात्र गड्डाचौकीबाट १ हजार ९२ जना नेपाली भित्रिएका थिए । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सबैभन्दा धेरै गत शनिबार ३ हजार सात सय ५२ जना नेपाली भित्रिएका थिए ।

जेठ १२ गतेबाट यो नाका खुला गरेपछि हालसम्म १९ हजार १ सय ९७ जना नेपालीहरु स्वदेश फर्किसकेका छन् ।

यसरी स्वदेश फर्किएकाहरुलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्ने भनिएपनि व्यवस्थापनमा समस्या देखिएको छ । क्वारेन्टाइनहरु अव्यवस्थित हुंदा संक्रमणको जोखिम बढेको छ ।

सुदूरपश्चिममा भारतबाट आएका ४३ हजार भन्दा बढी नेपाली भित्रिइसकेका छन् । सुदूरपश्चिमका ८८ वटै पालिकामा १ हजार २ सय ७४ क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलालाई सरकारले भारतबाट आउने नाकाका रूपमा खुला गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार