११ वर्ष बित्यो, पुल बनेन

उदयपुर ।

कोरोना महामारीका कारण देखाउँदै निर्माण कम्पनीले उदयपुरको चौदण्डी नगरपालिका–५, शिबाइमा निर्माणाधीन पक्की पुल निमार्णमा ढिलाइ गरेको छ ।

११ वर्षदेखि निर्माणको क्रममा रहेको पुलको पाँचौंपटक थपिएको म्याद गत चैतमा सकिएपनि पुल पूरा हुन सकेको छैन ।

पुल निर्माण नहुँदा उदयपुरको प्रमुख व्यापारी केन्द्रमध्येको बेलटार बजार र त्यस आसपास खोटाङ, चिसापानी, सिम्पानी, भोजपुरका आमचोक, रामप्रसाद राई गाउँपालिका र सप्तरीको कन्चनपुर, फत्तेपुरसमेतलाइ असर परेको छ ।

सरकारी उदासीनता, ठेकेदारको चरम लापरबाहीले पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।

महालक्ष्मी र लोकप्रिय जेभी कन्ट्रक्सनले निर्माणको जिम्मा लिएका छन् ।

समयमै पुल निर्माण नभएको भन्दै आयोजनाले ठेकेदारसँग एक करोडको जरिवानामध्ये ६९ लाख असुली गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार