झापाली समाज पोर्चुगलको आरोप : ” एनआरएनए अध्यक्ष गैरेले आफूखुशी एक्लै संस्था चलाए, संघभित्र फरक मत राख्ने पदाधिकारीलाई विभिन्न आरोप लगाएर हतोत्साहित गरे “

लिस्बन।

झापाली समाज पोर्चुगलले गैह्र आवासीय नेपाली संघ पोर्चुगल र यसको नेतृत्वमाथि प्रश्न खडा गर्दै आरोप लागाएका छन्। समाजको आरोप छ , ” ” एनआरएनए अध्यक्ष तिलक गैरेले आफूखुशी एक्लै संस्था चलाए र संघभित्र फरक मत राख्ने पदाधिकारीलाई विभिन्न आरोप लगाएर हतोत्साहित गरे। ”

अध्यक्ष गैरेले संघको औपचारिक बैठकमा आफ्नै कार्यसमिति पदाधिकारीहरुलाई सामाजिक संजालमा संघको बारेमा कुनै पनि अभिव्यक्ति नदिन उर्दी जारी गर्दै सामाजिक संजालमा लेखिएका कमेन्टहरु डिलिट गर्न ठाडो आदेश दिदै डिलिट नगरे कारवाही गर्ने धाकधम्की दिएका थिए। संघको बैठक सकिए लगत्तै स्थानीय समाचार माध्यमहरुले संघका अध्यक्ष गैरेले औपचारिक बैठकमा गरेका व्यवहारको समाचार सम्प्रेषण गरेका थिए।

यो पढ्न छुट्यो कि ?

संघको औपचारिक बैठकमै अध्यक्ष गैरेले जंगबहादुर शैलीमा धम्क्याउदै भने , ” तिमी कमेन्ट डिलिट गर्छौ कि कारवाही गरूँ ? “

झापाली समाज पोर्चुगलका सचिव राजकुमार लिम्बुद्वारा प्रेषित बिज्ञप्तीमा संघले भौगोलिक हिसाबले थिचोमिचोको व्यवहार गरेको र पुर्बेलीहरुलाई संघले कम महत्व दिएको आरोप लगाईएको छ। समाजले अगाडी भनेको छ , ” आफू खुशी संस्था चलाउने र नियम ,कानुन र सिस्टम् को मतलब नगरी आफू खुसी मनोमानी गर्ने गरेको र त्यस्को बिरोध गर्दा बिरोध गर्ने लाइ हतोत्साहित गर्ने काम एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेले गर्ने गरेको कार्यप्रति झापली समाज पोर्तुगाल घोर भत्सर्ना गर्द्छ ।”

त्यस्तै समाजले अध्यक्ष गैरेले संघको कार्यसमितिमा छलफल नगरी आफू खुशी सुचना निकाल्ने गरेको र कार्यसमिति सदस्यहरु बेखबर हुने गरेको र गल्ती आफू गर्ने अनि आफ्नो गल्ती ढाकछोप गर्न कार्यसमितीमा संघको कामकारवाहीको बारेमा प्रश्न सोध्ने, फरक मत राख्ने र आवाज उठाउने को आवज बन्द गर्ने प्रयास गरिनु अत्यन्त खेदपुर्ण र गैर जिम्मेबार रहेको आरोप लगाएको छ। संघलाई सबै को साझा संस्था बनाउन र सबैको भावना अनुसारको कामकारबाही गर्न झापाली समाज पोर्चुगलले आनुरोध समेत गेरको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार